बलिउडकी टिभी क्विन एकता कपुर बिहे नगरी आमा बनेकी छिन ।यिनले बिबाह नगर्नुको एउटा यस्तो शर्त थियो।।

बलिउडकी  टिभी क्विन एकता कपुर बिहे नगरी आमा बनेकी छिन ।यिनले बिबाह नगर्नुको एउटा यस्तो शर्त थियो।।

Himalaya Online

@Ehimalaya Online

२०७७ चैत १८ गते बुधबार ०८:३०

टिभी क्विनको रुपमा परिचित एकता कपुर आज अर्थात जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । ४४ वर्षिया एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् । एकताले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । एकतालाई कहिले...

टिभी क्विनको रुपमा परिचित एकता कपुर आज अर्थात जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । ४४ वर्षिया एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् ।

एकताले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । एकतालाई कहिले विवाह गर्ने भनेर साेधिएकाे प्रश्नकाे जवाफमा पिताको एक शर्तका कारण आफूले विवाह नगरेको बताएकी छिन् । एकताका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूले काम छानेको उनले बताइन्।
एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै स,म्बन्धविच्छेद देखेकी छु ।’ एकताले आफूले बच्चा चाहेको तर विवाह गर्न रुची नभएको पनि बताएकी थिइन् । एकता कपुर केही बर्ष पहिला स,रोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

एकताले कसौटी जिन्दगीकी,कुमकुम भाग्य, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाइसकेकी छिन् ।

प्रकाशित मिति २०७७ चैत १८ गते बुधबार ०८:३०
Comments