ट्राफिक चेकिङ्ग हुदाहुदै बसको ठ्क्करबाट युवतिको मृ; त्यु…

ट्राफिक चेकिङ्ग हुदाहुदै बसको ठ्क्करबाट युवतिको मृ; त्यु…

Himalaya Online

@Ehimalaya Online

२०७७ फाल्गुण १० गते सोमबार ०३:२९

काठमाडौ :ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृ;त्यु भएको छ।सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी...

काठमाडौ :ललितपुरको जावलाखेल चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृ;त्यु भएको छ।सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३- ०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको उनले बताए। स्कुटर चालक अन्दाजी ३३/३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृ;त्यु भएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्। दु,र्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ भैरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको बज्राचार्यले बताइन्।

‘लाइसेन्स नभएको हुँदा भाग्न खोजेको जस्तो लाग्यो। उनको पर्सलगायत केही पनि सामान भेटिएको छैन। डकुमेन्टहरू नहुँदा भाग्न खोज्दा पछाडिबाट गाडीले हा;न्दियो,’उनले भनिन्। यसरी चेकिङकै समयमा दु,र्घटना भएपछि परिसर विरो;ध भएको थियो। ट्राफिकको पनि यसमा गल्ती भएको भन्दै केही मानिसहरूले विरो;ध गरेका थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति २०७७ फाल्गुण १० गते सोमबार ०३:२९
Comments