बाबुसङ्ग हुर्किएका बच्चाहरु हुन्छन् धेरै बुद्धिमानी ।

बाबुसङ्ग हुर्किएका बच्चाहरु हुन्छन् धेरै बुद्धिमानी ।

Himalaya Online

@Ehimalaya Online

२०७७ कार्तिक १३ गते बिहिबार ०३:२९

एजेन्सी :सम्पुर्ण जिवित प्राणीका लागि आफ्ना बच्चाहरु आफुलाई सबैभन्दा प्यारो लाग्ने गर्दछ । हालै गरिएको एक अनुसन्धानबाट यी कुरा हरुको तथ्य पत्ता लागेको छ जुन बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने...

एजेन्सी :सम्पुर्ण जिवित प्राणीका लागि आफ्ना बच्चाहरु आफुलाई सबैभन्दा प्यारो लाग्ने गर्दछ ।

हालै गरिएको एक अनुसन्धानबाट यी कुरा हरुको तथ्य पत्ता लागेको छ जुन बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुने बताईएको छ ।

एउटा बाबुले आफ्ना बच्चाहरूसँग कति र कसरी समय बिताउछन् भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पदर्छ । त्यसैले बाबुले आफ्ना बच्चाहरूसँग अवश्यै समय बिताउनुपदर्छ ।

लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तेजिलो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता बिस्तारै बढेको देखिन थाल्छ ।

अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान उनीहरूले तीन महिनासम्म बच्चाहरूले आआफ्ना पितासँग खेलेको भिडियो बनाए । यसको दुई वर्षपछि उनीहरूले बच्चाहरूको मानसिक विकास सूचकांक हेरे । त्यसबाट बच्चाहरू बढी बुद्धिमान् भएको पाइयो ।

तपाईं पनि बच्चाहरूलाई बुद्धिमान् बनाउन चाहनुहुन्छ भने उनीहरूसँग धेरै सक्दो समय बिताउनुस् । उनीहरूका हरेक क्रियाकलापमा सक्रिय भएर साथ दिनुहोस् ।

प्रकाशित मिति २०७७ कार्तिक १३ गते बिहिबार ०३:२९
Comments