यी ५ राशिका लागि भदौ महिना भाग्यशाली साबित हुनेछ, भदौ १ गतेबाट धनलाभको योग रहेको छ जान्नुहोस कुन कुन राशीहरु हुन ?

यी ५ राशिका लागि भदौ महिना भाग्यशाली साबित हुनेछ, भदौ १ गतेबाट धनलाभको योग रहेको छ जान्नुहोस कुन कुन राशीहरु हुन ?

Himalaya Online

@Ehimalaya Online

२०७९ साउन २४ गते मङ्गलबार ०१:१४

ज्योतिषीहरुका अनुसार यो महिना ५ राशि वृष, तुला, धनु, मकर र मीन राशिका लागि भाग्यशाली सावित हुनेछ । यी राशिका व्यक्तिहरुका लागि अगस्टको बाँकी महिना कस्तो रहनेछ यहाँबाट थाहा पाउन सकिन्छ । ...

ज्योतिषीहरुका अनुसार यो महिना ५ राशि वृष, तुला, धनु, मकर र मीन राशिका लागि भाग्यशाली सावित हुनेछ । यी राशिका व्यक्तिहरुका लागि अगस्टको बाँकी महिना कस्तो रहनेछ यहाँबाट थाहा पाउन सकिन्छ ।

यो महिना धेरै ग्रह र नक्षत्रको गति परिवर्तनको प्रभाव आम मानिसको राशिफलको रुपमा देखिनेछ । साउन २२ गते जहाँ शुक्रले आफ्नो राशि परिवर्तन गरेको छ भने २५ साउनमा मंगल ग्रहले आफ्नो राशि परिवर्तन गर्न लागेको छ । यससँगै साउन २६ बाट धेरै राशिको जीवनमा परिवर्तन देखिन सक्छ। साथै, भदौ १ देखि, केहि राशिका लागि धन लाभ र जागिरमा उन्नतिको सम्भावना छ। ज्योतिषीहरुका अनुसार यो महिना ५ राशि वृष, तुला, धनु, मकर र मीन राशिका लागि भाग्यशाली सावित हुनेछ ।

१: वृष –
अगस्ट ११ गतेबाट यस राशिका व्यक्तिले शान्ति प्राप्त गर्नेछन् । आमाको साथ भफौ १ देखि पाउन सकिन्छ। पारिवारिक जीवन सुखमय रहनेछ। भदौ ४ पछि सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । कामको दायरा बढ्न सक्छ। बौद्धिक कार्यबाट धन आर्जन हुनेछ । स्वास्थ्यको ख्याल गर्नु होला।

२: तुला –
महिनाको प्रारम्भमा धेरै आत्मविश्वास बढ्नेछ। २६ साउन देखि आफ्नो जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। कुराकानीमा धैर्य राख्नुहोस्। व्यापारमा हतार पनि हुनसक्छ । भदौ १७ गतेदेखि आम्दानीमा वृद्धि हुने संकेत देखिएको छ । तर धैर्यता कम हुन सक्छ। अगस्ट २१ बाट व्यवसाय विस्तारको लागि लगानी गर्न सक्नुहुन्छ।

३: धनु –
आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। अगस्ट ११ देखि खर्च बढ्नेछ। भदौ १७ पछि जागिरमा बढुवाको अवसर मिल्नेछ । कार्यक्षेत्र बढ्नेछ। काम बढी हुनेछ । भदौ २१ पछि व्यापार बढ्नेछ। सरकारबाट पनि सहयोग मिल्नेछ । यात्रा अधिक हुनेछ। खर्च बढ्नेछ। सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ।

४: मकर –
आत्मविश्वास धेरै हुनेछ, तर आत्मसंयम पनि रहनुहोस्। साउन २६ देखि धैर्यता कम हुनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। भदौ १ पछि कार्यस्थलमा कडा परिश्रममा कमी आउनेछ। भदौ ४ गतेदेखि व्यापारमा वृद्धि हुनेछ । लाभको अवसर मिल्नेछ । साथीभाइको सहयोग पनि मिल्न सक्छ ।

५: मीन –
यो महिना काममा अधिकारीको सहयोग मिल्नेछ। साउन २६ पछि पदोन्नतिको अवसर मिल्नेछ। कार्यक्षेत्र बढ्नेछ। भदौ १ देखि खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्य को बारे मा सावधान रहनुहोस् भदौ ४ बाट परिवारमा शान्ति छाउनेछ। परिवारको स्वास्थ्यमा सुधार आउनेछ। व्यापार बढ्नेछ। यात्रा लाभदायक हुनेछ। संगीतमा रुचि बढ्न सक्छ।

प्रकाशित मिति २०७९ साउन २४ गते मङ्गलबार ०१:१४
Comments