हिन्दू धर्ममा धेरै मान्यताहरू प्रचलित छन्। शुभ र अशुभ संकेतसँग सम्बन्धित यस्ता धेरै घटना छन् । उदाहरणका लागि, बिरालोको बाटो काट्नु वा राति एक्कासी कुकुर वा बिरालो रोएको आवाज सुन्नुले भविष्यमा कुनै अप्रिय घटना घट्ने संकेत गर्छ। जसरी कुनै अप्रिय घटनाको संकेत पहिले नै प्राप्त हुन्छ, त्यसैगरी जीवनमा राम्रो समय र सफलता आउनुअघि नै धेरै प्रकारका संकेत आउन थाल्छन्। अधिकांश मानिसहरूले ती संकेतहरूलाई बेवास्ता गर्छन्। आज हामी तपाईलाई ती लक्षणहरुको बारेमा बताउन गइरहेका छौँ । यदि तपाईलाई पनि जीवनमा यस्ता कुनै संकेत देखिएमा सम्झनुहोस् तपाईको राम्रो दिन सुरु हुन लागेको छ वा तपाईलाई कुनै काममा सफलता मिल्ने छ । त्यसोभए जानौं ती संकेतहरूको बारेमा…

बिहानै अचानक गाईको आवाज सुनियो, दूध र दहीले भरिएको भाँडो देखियो, नीलकण्ठ पंक्षी, भुमरी वा माछा देखियो भने बुझ्नुहोस् कि तपाईको भाग्य चम्किनेछ।

बिहान उठेर सबैभन्दा पहिले आफ्नो अनुहार ऐनामा हेर्नुहोस, यदि तपाईको अनुहार खुसी,खुसी देखिन्छ भने तपाईको समय राम्रो बित्ने छ । यदि तपाइँ कुनै ठूलो काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, यो तपाइँको लागि राम्रो समय साबित हुन सक्छ।

मान्यताका अनुसार यदि तपाईलाई हरेक दिन बिहान धेरै दिनसम्म कुनै न कुनै बहानामा पैसा मिलिरहेको छ भने तपाईको समय राम्रो चलिरहेको छ भन्ने बुझ्नुपर्छ ।

महत्त्वपूर्ण कामको लागि घरबाट निस्किदा अगाडि दुधको भाँडो देख्नुभयो भने यो शुभ संकेत हो । यसको मतलब तपाईको काम सफल हुनेछ। साथै तपाईको दिन शुभ रहनेछ। यसबाहेक बाहिर निस्कँदा पानीको भाँडो देख्नु पनि शुभ संकेत हो ।

बिहान नरिवल, शंख, मयूर हाँस आदि देख्नु पनि धेरै शुभ मानिन्छ। भनिन्छ, यसले व्यक्तिको उन्नति गर्छ । साथै सबै प्रकारका चिन्ताबाट मुक्ति मिल्छ ।

घरबाहिर सानो बच्चाको हँसिलो अनुहार देखियो भने दिन राम्रो हुन्छ । यसबाहेक बिहानै बाछोलाई दूध दिने गाई देख्नु पनि शुभ चिन्ह मानिन्छ। धन वृद्धिको योग बन्न सक्छ भनिन्छ ।
प्रकाशित मिति २०७८ चैत २० गते आईतबार १२:४१