शास्त्रअनुसार कुन दिशामा सिरानी राख्दा धन र बिधाको लाभ हुन्छ जानौ।

शास्त्रअनुसार कुन दिशामा सिरानी राख्दा धन र बिधाको लाभ हुन्छ जानौ।

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज २८ गते बुधबार ०१:२५

हिन्दु धर्ममा हरेक कुरामा धार्मिक कुराले बाधिएको हुन्छ । हरेक पुजा आजा देखि सम्पुर्ण कार्य शास्त्रअनुसार गर्ने गरिन्छ। तेस्तै हामीले सुत्ने बेलमा समेत कुन दिशामा सिरानी बनाउदा राम्रो भन्ने समेत बास्तुशास्त्रमा उल्लेख छ। ...

हिन्दु धर्ममा हरेक कुरामा धार्मिक कुराले बाधिएको हुन्छ । हरेक पुजा आजा देखि सम्पुर्ण कार्य शास्त्रअनुसार गर्ने गरिन्छ। तेस्तै हामीले सुत्ने बेलमा समेत कुन दिशामा सिरानी बनाउदा राम्रो भन्ने समेत बास्तुशास्त्रमा उल्लेख छ।
बास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ । पश्चिम दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पनि बढ्ने विश्वास गरिन्छ । उत्तर दिशामा सिरानी राखेर सुत्नु हिन्दु धर्म शास्त्रमा खतरनाक मानिन्छ । यो दिशामा सिरानी राख्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने बताइन्छ ।

यसैगरी, दक्षिण दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । दक्षिण दिशामा सिरानी राख्दा जीवनमा धन, खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ । साथै, यसरी सुत्दा सकारात्मक उर्जा समेत प्राप्त हुन्छ ।

प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ०१:२५
Comments