चौम्ल्या शिशुको जन्म दिने आमाको मृ-त्यु।

चौम्ल्या शिशुको जन्म दिने आमाको मृ-त्यु।

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ १८ गते बिहिबार ०२:१२

धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी महिलाको भने मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई...

धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी महिलाको भने मृत्यु भएको छ ।

जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन्

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृ-त्यु भएको अस्पतालले जनाएको छ ।

खातुनको एक छोरा र तीन छोरीको अवस्था अस्थिर रहेको अस्पतालका सञ्चालक सञ्जय सिंहले बताए । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहिबार ०२:१२
Comments