पुरुषहरु आफुभन्दा जेठिलाई किन मन पराउने गर्छन्?

पुरुषहरु आफुभन्दा जेठिलाई किन मन पराउने गर्छन्?

Himalaya Online

@Ehimalaya Online

२०७७ भदौ १७ गते बुधबार ११:५४

प्रेम दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । येस्लाइ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउँछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाँचिरहेका...

प्रेम दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । येस्लाइ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउँछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि मायामा बाँचिरहेका हुन्छन् ।

भनिन्छ”प्रेम जाने अमृत नजाने विष हो।” यो फिक्का दुनियाँमा प्रेमको आभाषले गर्दा यो संसार सुगन्धित भयेको  छ। प्रेम बिना यो दुनिया फिक्का हुन्थ्यो होला । विभिन्न युगमा विभिन्न विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् ।

प्रेममा परे उमेरको पनि कुनै महत्व हुँदैन केही यस्ता युवायुवती हुन्छन्  जाे अाफ्नाे उमेर भन्दा ठूलाे उमेरका सँग प्रेम सम्बन्ध राख्न खाेज्छन् ।

पुरुषलाई आफुभन्दा जेठी महिलाहरु मन पर्ने कारण भने महिलाहरुको परिपक्कता हो । उनीहरुलाई धेरै कुराको राम्रो ज्ञान हुने भएका कारण पनि पुरुषहरु जेठी महिलाप्रति बढी आकर्षित हुने गर्छन् ।                                                                         
जेठी महिलाहरु कुरा बुझ्ने खालका हुन्छन् । भागदौडको जिन्दगीमा थकान बढी लाग्ने गर्छ । तर यस्ता कुराहरु ह्याण्डल गर्न परिपक्कता भएका महिलाहरु सफल हुन्छन् ।

पुरुषहरुलाई भावानात्मक सहयोग दिनमा उनीहरु खपिप्स हुन्छन् । इमोशनल कुराहरुदेखि आर्थिक कुराहरुमा पनि उनीहरु सन्तुलन गरेर अगाडि बढ्न मदत गर्छन् । त्यस्तै सेक्स लाइफमा पनि उनीहरु त्यत्तिकै परिपक्कता रहेका हुन्छन्।  यही कारण पनि पुरुषहरु आफुभन्दा जेठी महिलाहरु बढी मन पराउँछन् ।

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ११:५४
Comments