जस्तै पहिरनमा पनि निकै सुहाउने उपासना सिंह ठकुरी हेरौ १६ तस्बिरमा ।

जस्तै पहिरनमा पनि निकै सुहाउने उपासना सिंह ठकुरी हेरौ १६ तस्बिरमा ।

Himalaya Online

@Ehimalaya Online

२०७८ साउन ४ गते सोमबार ०८:१४

नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । उनकाे पहिलाे चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसी थिए । उनको अभिनय र सुन्दरताका कारण देर्शकले उनलाइ निकै रुचाए । नायिका उपासना सिंह...

नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । उनकाे पहिलाे चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसी थिए । उनको अभिनय र सुन्दरताका कारण देर्शकले उनलाइ निकै रुचाए ।

नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे । चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले निकै चर्चा कमाएकाे थियाे ।

करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए । दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन ।

नायिका सिंहलाई ‘क्याप्टेन’मा काम गर्दा धेरैले विभिन्न खालको टिकाटिप्पणी गरेका थिए । कसैले उनलाई मोटी भने, कसैले नायिकाको लागि फिट नरहेको भनेर टिप्पणी गरे । नायिका ठकुरी भन्छिन्–‘हामीले चलचित्रको पर्दामा वास्तविक जीवनका मानिसको पात्र चित्रण गर्ने हो । यसैले, कसैलाई पनि उसको शा रीरिक वनावट हेरेर मुल्यांकन गर्नु गलत हो ।’

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएपछि निर्देशक रामबाबु गुरुङले नायिका उपासना सिंह ठकुरीलाई ‘कबड्डी कबड्डी कबड्डी’मा लिने मनस्थिती पक्का गरेका थिए । यो गीतमा उनको अभिनय हेरेपछि उनी पक्का थिए कि, उपासना आफ्नो कथाको पात्रमा फिट छिन् । तर, नायक दयाहाङ राई भने उपासनालाई शं काको घेराले हेर्दै थिए ।

कतै उपासना आफ्नो जोडी नभएर छोरी जस्तो देखिने हुन् कि भन्ने ड र दयामा थियो । तर, स्क्रिन टेष्ट गर्दा दयालाई उपासना आफ्नो जोडीमा फिट लाग्यो । पहिलो चलचित्रमा काँचो माटो देखिएकी उपासनाले दोश्रो चलचित्रसम्म आइपुग्दा आफूलाई बलियो रुपमा प्रस्तुत गरेकी छिन् । चलचित्रले मिश्रित समिक्षा पाइरहँदा उनको प्रशंसा भैरहेको छ ।

उपासनाले आफूलाई नम्बर १ नायिका बन्ने सोच नआएको बताएकी थिइन् । बरु, उनले भनेकी थिइन्–‘मलाई राम्रो अभिनय गरेर दर्शकको मन जित्नु छ ।’

उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन । उनि सामाजिक संजालमा पनि निकै सक्रिय हुन्छिन् । हेरौ उनको केही सुन्दर तस्बिर जुन उनले सामाजिक संजालमा साझा गरेकी छिन् …

प्रकाशित मिति २०७८ साउन ४ गते सोमबार ०८:१४
Comments