के ज्वोरो आउदैमा कोरो-ना भाइ-रस लागेको हुन्छ त?सबैले जानौ।

के ज्वोरो आउदैमा कोरो-ना भाइ-रस लागेको हुन्छ त?सबैले जानौ।

Himalaya Online

@Ehimalaya Online

२०७७ असोज २० गते मङ्गलबार ०९:३२

हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं । ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरो-ना...

हाम्रो शरीरको औषत तापक्रम ९८.६ डिग्री हुने गर्छ । जब शरीरको तापक्रम सामान्य अवस्थाबाट माथि बढ्दै जान्छ त्यस्तो अवस्थालाई हामी ज्वरो आएको मान्छौं ।

ज्वरो आफैमा रोग होइन, तर स्वास्थ्यमा कुनैपनि समस्या भएमा देखिने लक्षण हो । कोरो-ना भाइ-रस महामारीको पनि प्रमुख लक्षणको रुपमा ज्वरोलाई नै मानिन्छ ।

कतिपय अवस्थामा बाहिरी तापक्रमका कारण शरीरको तापक्रम बढ्न पुग्दा पनि धेरै मान्छेले कोरो-ना को आशंकामा झमेला समेत झेल्नु परेका हुन्छ । तर के हो ज्वरो र कति तापक्रमलाई ज्वरो मान्ने त ?

कति तापमानलाई ज्वरो भनिन्छ ?

–निम्न स्तरको ज्वरोको तापमानको सीमा लगभग १०० डिग्री फरेनहाइटदेखि १०१ डिग्री फरेनहाइटसम्म हुन्छ ।

–वयस्कको लागि मध्यवर्ती स्तर मानिन्छ, जुन १०२ डिग्रीसम्म हुन्छ । यदि शिशुहरू(०–६ महिना)लाई त्यति ज्वरो आयो भने तत्कालै चिकित्सककहाँ लैजानु पर्छ ।

–उच्चस्तरको ज्वरो भनेर १०३ डिग्रीसम्मको ज्वरोलाई मान्ने गरिन्छ । यदि तापमान गम्भीर रुपले बढ्दै गयो भने अर्थात् १०४ डिग्रीभन्दा बढी ज्वरो आयो भने त्यसलाई हाइपरपीरेक्सिया भनिन्छ ।

निम्न या मध्यस्तरको ज्वरोको स्थिति अलगअलग हुने गर्छ । १०४ डिग्री फरेनहाइट या त्योभन्दा बढी ज्वरो आउनु स्वास्थ्यको लागि खतरनाक मान्ने गरिन्छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मङ्गलबार ०९:३२
Comments